Skip to content

म र मेरो ‘ड्रिमक्याचर’


तिम्रो बारेमा जति सोच्छु, उति मुग्ध हुन्छु
सोच्दासोच्दै एक्लै रमाउँछु
आनन्द मनाउँछु
त्यसैले म भन्छु,
मेरो सपना
मेरो लक्ष
मेरो बँच्ने आधार
मेरो खुसी
मौलाउन देऊ
फक्रिन देउ!
ती भावनाहरूलाई कुनै नाम नदेऊ
केवल, ‘मानवता’ को साथ देऊ!
म, ‘ड्रिमक्याचर’लाई साथ लिएर हिँड्दैछु
त्यो सुन्दर जालोलाई तहस नहस हुन नदेऊ
मलाई वारुदका ‘शव्द’ र आक्रोशका ‘गोली’ नदेऊ,
मलाई केवल प्रेम देऊ!

(P. S. Dream catcher, Native Americanहरूको विशेष सॉस्कृतिक वस्तु हो।
आफ्ना नवजात शिशुहरूको कोक्रोमा उनीहरूले शान्त र सुन्दर सपना देखुन् भनेर हजुरवुवा/हजुरआमा हरूद्वारा चराका प्वॉखहरू र Turquoise (नेपालीमा युँ भनिन्छ क्यारे!) माकुराको जालो जस्तै बुनेर झुन्डाउने गरिन्छ। त्यो बाहेक कतिपय मेक्सिकनहरूले पनि आफ्ना घरमा र गाडीमा राम्रो सगुनको लागि Dream catcher झुन्ड्याएको ती समूदायमा देख्न पाइन्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *