Skip to content


रोक्दै नरोकी नदी सदा बगिरहोस्
म मरेर के भो देश नेपाल बाँचिरहोस् ।

हिमाल झैँ नेपालीको शिर सधैँ माथि
झुक्दैनौ कहिल्यै अनेकौं जात जाति,
हिमाल पहाड तराई त्रिवेणी जस्तै होस्
म मरेर के भो देश नेपाल बाँचिरहोस् ।

देश दुख्नु हुन्न माटोमा हुँदै नहोस् चोट
नेपाली सब एक जातमा नहोस् खोट,
हिमाल पहाड तराईका फाँट हाँसिरहोस्
म मरेर के भो देश नेपाल बाँचिरहोस् ।

काठमाडौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *