ती नयनमा नयन डुबाउँदाका क्षणहरू
म मैनको रुप धारण गरिदिन चाहन्छु
मन र मश्तिष्कमा उज्यालो छर्दै छर्दै
आफैंलाई हराइदिन चाहन्छु
मन हतास भएर ढल्न खोजेको बेला
हुर्रिंदै तिम्रो अँगालोमा बॉधिन चाहन्छु
कल्पनाको सगरमाथामा चढ्दै चढ्दै
थाहै नपाइ शिखरमा पुगिदिन चाहन्छु
सपना सॉचेकै भरमा सहि,
तिम्रा कोमल स्पर्शलाई महसुस गरेर
म, मूर्दा बनेको जीवनमा प्राण भरिदिन चाहन्छु
मन्दिरमा बज्ने सुमधुर घन्ट रुपी
तिम्रा ती मधुर वाणीको आडमा
तुषारोले जमाएको पातहरूलाई
सूर्यका न्याना किरणहरूले
जीवन दिएको क्षण महसुस गर्न चाहन्छु
जीवनमा ‘कोहीनुर’ बनेर
तिमीले पदार्पण गरेको क्षण स्मरण गर्दै
म तृप्त भएर बॉचिदिन चाहन्छु
मनै त हो, यो मनलाई म
कलकल बग्ने सेती र भेरी बनाइदिन चाहन्छु
दूरी र बन्धनको व्यवधान बनेको
‘वर्लिन वाल’लाई गर्लम्म ढलाएर
प्रेम, सद्भाव, स्नेह र श्रध्दाको महल ठड्याइदिन चाहन्छु।
