यात्रा कतै लामो कतै छोटो हुनसक्छ
र सम्झना पातलो र मोटो हुनसक्छ
बचपनको याद दिलमा हुन्छन् हेर्न सकिदैन
हेर्न मिल्छ भने क्यै त्यो भोटो हुनसक्छ
मैले तिमीलाई नपाएपछि यस्तो लाग्यो
सिक्का झै यो भाग्य पनि खोटो हुनसक्छ
यता त भन्यौ भुलिसके तिमीलाई अनिश
उता शिरान मुनि मेरै फोटो हुनसक्छ
कालिकोटे अनिश
थाहा नगरपालिका
हाल काठमाडौ
