चन्द्रमा नै छोए पनि नहराउनु होस
तिमि आफै हराए नि नहराउनु होस ।
सागर मै डुबे पनि ब्रह्माण्ड मै अल्झे पिन
भाशिए नि रसातल मै नमराउनु जोस ।
पाए पनि हिरा मोती कुवेर आफै भए पिन
क्षण भर मै गुम्न सक्छ नदेखाउनु रोष ।
मेनका नै हुन सक्छिन आउन सक्छिन उर्वसी नि
ईन्द्र पनि हार्न सक्छन् नकेलाउनु दोष ।
धर्मराज नि हारेकै हुन् रावण पनि हारे
सम्राट हरु सबै हारे हराएरै होस ।
