धर्म र दर्शनको ज्ञान र बिज्ञानको
व्याख्या गर्दछ यहाँ एक निरीह मान्छे ।
युद्ध र वीरताको इतिहास र राजनीतिको
पाना पल्टाउँदैछ यहाँ एक अबोध मान्छे ।
भौतिकता र समाजवादको साम्यवाद र रसायनको
अनेक प्रयोगमा व्यस्त छ एक निस्प्राण मान्छे ।
जलमा र थलमा वायु र नभमा
राज गर्ने प्रयासमा छ एक विद्रोही मान्छे ।
आफुलाई सर्वमान्य ठानि ए निरीह ‘सुमन’
प्रकृतिलाई न जिस्का एक अज्ञानि मान्छे ।
