सूर्य उदाएको देखें
मनभित्र आशा पलायो
आशावादी लोभी मन
अँध्यारो हारेको
उज्यालोको जीतमा
नाँच्न मन भो
साथमा अरूहरूले
एक्लो नहोस् भनेर होला
मेरो साथ आएर
नाँचेर नपुगेर होलान्
गाना पनि गाए
जमीन छोडेर धेरै पटक
हावामा बस्ने प्रयास नगरेको हैन
आखिर जति उफ्रे पनि
भ्यागुतो भूईको भूई भने झैं
जहाँको तहीँ मान्छेहरू
नशा केवल क्षणिक हुँदोरहेछ
दिन सधैंँ रहिरहन्न
आखिर रात पर्ने नै रहेछ
सूर्य उदाउँदैमा खुशी नबन्दा ठिक
उज्यालो सूर्यले नै लिएर जाने रहेछ ।
