रात नभएको भए
सायद अँध्यारो हुन्नथ्यो
अनि बग्ने नदी
मौन भै चुपचाप बसी दिए
कतै पानीको हाहाकार
कतै बाढीपहिरोबाट बेहाल
मान्छेको जिन्दगी
बालकबाट युवा जवान र वृद्ध
अन्तम मृत्यु नहुँदो हो
जे छ ठिक छ र त
याद पनि आउने रहेछ
याद नहुँदो हो त
तस्वीर किन चाहियो
चिट्ठीपत्र त पुरानो सम्झना
जवाना फोन इमेल फेसबुकको
जो जहाँ होस्
कोही टाढा छैन
सबै नजिक
ठुलो पृथ्वी भन्थे
सम्झनामा लेखिन्छ कथा कविता
साथमा केवल याद हुँदोरहेछ
साँच्चै याद बिर्सन गाह्रो ।
