Skip to content

पुग्नुपर्ने थियो धेरै टाढा बीच बाटोमा अल्झिएँ
हिँडेको भए पुगी सक्थें जहाँको तहीँ अल्झिएँ ।

मनभित्र आश पाल्दै अरू हिँडेको चुपचाप हेरें
गन्तव्य थाहै भएन मनको खुशी आँसुले कोरें ।

बादल माथि उड्ने धेरै देखें झुठो सपनाहरू
लेखेको हुन्छ हुने हुन्छन् भावीको खेलहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *