Skip to content

बाटो हेरे हुन्छ आमा


बाटो हेरे हुन्छ आमा म त आउँदैछु
माकुरा हो सानो कुरा साथी ल्याउँदैछु

कस्तो साथी भन्नुहोला तराईको मान्छे
कलेजोमा पोको पारी लैजाऊ पहाड भन्छे
फाट्यो होला चौबन्दी सिउन आउँदै
माकुरा हो सानो कुरा साथी ल्याउँदैछु

यस्तो लाग्थ्यो परदेशमा सुनैसुन फल्छ
गाई गोठ ढलेसरि सारा दुख ढल्छ
होइन रैछ चाल पाएँ फर्कि आउँदै छु
माकुरा हो सानो कुरा साथी ल्याउँदैछु

भने हुन्छ छिमेकीलाई छोरो आउँदैछ
उराठिलो गाउँबेसीमा लाली छाउँदैछ
आफ्नै छानो छाउँनु रैछ थाहा पाउँदैछु
माकुरा हो सानो कुरा साथी ल्याउँदैछु

शब्द – श्रवण मुकारुङ
स्वर – शम्भु राई
संगीत – शान्तिराम राई

1 thought on “बाटो हेरे हुन्छ आमा”

  1. yasko track
    मलाई यो गित धेरै नै मन पर्छ तर यस्को track पाउन पए धेरै नै अभारी हुने थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *