यो जगत न चलल्ने थियो नभए नारी जात यहाँ
महान हुन उनै धर्तीको शान उनै नारी जात यहाँ ।
देवी उनै हुन आमा पनि नारी सृष्टिको जन्मदाता
मायाले चल्छ संसार उनी बालकको जीवनदाता,
जिन्दगी त्यसै चल्दैन चाहिन्छ साँच्चिकै नारी यहाँ
महान हुन उनै धर्तीको शान उनै नारी जात यहाँ ।
सरिता बनेर बगी रहँन्छिन कंचन गंगा पनि नारी
हामी बस्ने धर्ती माता ऊनी सृष्टिकी महान नारी,
श्वास श्वासमा वास गर्ने ईश्वरको बर्दान नारी यहाँ
महान हुन उनै धर्तीको शान उनै नारी जात यहाँ ।
