Skip to content

बेथाका माथि झन् सारो बेथा


बेथाका माथि झन् सारो बेथा मलाई बोकाएर
किन हो जानु यो बेला मेरो मन भित्र आएर ।

बिथोल्न खोज्ने मान्छेलाई सोच्दा मन हुन्छ जलन
लाएको माया छोडेर जाने कस्तो हो चनल ।।

भारपा गाउँको उकालो बाटो बिस्तारै चढौला
लेखेको चिठी लुकाइराख्छु एकछिनमा पढौला ।।

पश्पतिनाथको सुनको छाना के छुनु गजुरलाई
यो मेरो चोखो मुटुको माया चढाएँ हजुरलाई ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *