Skip to content

उतातिर मेची खोला


उतातिर मेची खोला यता माई खोला
बीचमा पर्ने कन्याम बगान सधैंं आउनु होला
चिया बारी धुप्पी घारी मस्तसँग घुम्दै
अघाउन्जेल घुमी फेरि घर जानु होला ।।

बैशाखमा मधेशतिर हावाहुरी चल्छ
सारा जमिन तताएर मानौ आगै बल्छ
तलतिर सारै गर्मी उखुम धेरै होला
गर्मी छल्नै भए पनि यतै आउनु होला ।।

दुःख हुँदा हाम्रो मन चिरै चिरा पर्छ
सुख पर्दा हाम्रै मन कता कता सर्छ
कुन बेला फेरिने हो दुई दिनको चोला
मरिलानु के पो छ र यतै आउनु होला ।।

जिन्दगी हो उकालीमै यात्रा गर्नु जस्तो
हिंड्दा हिंड्दै उकालीमा सासै फुल्ने कस्तो
उकालीमा हिंड्दा हिंड्दै तिर्खा लाग्छ होला
पिउनु होला मुलैबाट झर्छ कोकाकोला ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *