विसं १९६२ सालतिर हुनुपर्छ, चन्द्रशमशेरको पालामा सिंहदरबारको एउटा महासभामा शुक्रराज शास्त्रीका पिता माधवराज जोशीलाई शास्त्रास्त्रका निम्ति निम्त्याइको थियो रे ! उनले त्यहाँ मूर्तीपूजाको विपक्षमा आफ्नो विद्वतापूर्ण मत राखेछन् । त्यसपछि त के थियो, उनीमाथि त्यहीँ मारपिट भयो । रगताम्य पारयिो । त्यतिले नपुगेर उनलाई सहर घुमाई दुई वर्षको कैद तोकी जेल हालियो । उनका अनुयायीलाई पनि सजाय भयो । केहीलाई त वर्षदिनसम्म पशुपतिनाथ मन्दिरको दर्शन गरी चन्दन लगाउने सजाय पनि सुनाइएको थियो रे !
१९९७ साल पर्वका महान् सहिद शुक्रराज शास्त्रीको परविार नै आर्यसमाजी थियो । खासमा शुक्रराज राजनीतिज्ञभन्दा पनि धर्म प्रचारकका रूपमा प्रख्यात थिए । उनी त्यही माध्यमबाट समाज सुधार गर्ने अभियानमा लागेका थिए । उनको भित्री मनमा आफ्नो बुबालाई राणा शासकले दिएको यातना र सजायले पनि छोएको हुनुपर्छ । त्यसैले उनी धर्म प्रचारका माध्यमबाट राणा शासकको विरोधमा लागे र खुसीसाथ फाँसीमा झुन्डिएर सहिद हुन पनि तयार भए ।
देहरादून र सिकन्दरावादको गुरुकुलमा शास्त्रीसम्मको अध्ययन गरेका शुक्रराजले पछि अंग्रेजी पनि पढे । स्वर्गको दरबार नामक कृतिका लेखक उनी महात्मा गान्धी र सुवासचन्द बोसबाट प्रभावित मानिन्थे । उनलाई १९९४ सालमा भारतबाट नेपाल आउनसाथ नजरबन्दमा राखिएको थियो । १९९४ फागुनमा काठमाडौँका उत्साही युवाहरूले नजबन्दमा रहेका शुक्रराज शास्त्रीको अध्यक्षतामा २१ सदस्यीय नागरकि अधिकार समिति गठन गरे । जसले १९९५ सालको चतुर्मासा प्रारम्भ हुने समयमा पण्डित मुरलीधर शास्त्रीद्वारा असन चोकमा हुने पुराण-वाचन कार्यक्रममार्फत जनतामा जागृति ल्याउने निधो गर्यो ।
पुराण सुन्न भनेर हामी युवाहरू त्यहाँ पुग्थ्यौँ । त्यो कार्यक्रम कति रोचक र सफल भयो भने प्रत्येक साता नागरकि अधिकार समितिका तर्फबाट इन्द्रचोकको डबलीमा प्रवचन दिने निर्णय नै गरयिो । सोही अनुसार मंसिर १६ गते इन्द्रचोकको उत्तरतर्फको मन्दिरको डबलीमा कुनै उपाय गरेर आएका शास्त्रीले सामाजिक र धार्मिक सुधारका पक्षमा जोडदार प्रवचन दिए । उनको विशेष जोड सामाजिक परविर्तनका पक्षमा थियो । नयाँ प्रकारको कार्यक्रम भएकाले मानिसहरूको भीड लागेको थियो । शास्त्रीपछि केदारमान व्यथितले सम्बोधन गर्ने क्रममा भने, “यहाँ उपस्िथतमध्ये नेपाल आमाको कोही सपुत छ भने मेरो हातको पान खाई यस भेलालाई सम्बोधन गरोस् ।”
यस्तो चुनौती सुन्नासाथ गंगालाल श्रेष्ठले पान चपाएर राणा सरकारको नीतिको विरोधका साथै संघर्षको आह्वान गरे । त्यसको भोलिपल्टै गिरफ्तार भएका शुक्रराज तीन वर्षको कैद सजाय तोकिएर सेन्ट्रल जेल चलान भए । १९९७ कै भदौतिर हुनुपर्छ, दशरथ चन्दले शुक्रराज शास्त्रीका भाइ रामजी जोशीलाई प्रजा परष्िाद्को सदस्य बनाए । तर, रामजीले पछि हामी सबैलाई धोका दिए । उनकै पोलबाट प्रजा परष्िाद्का हामी सबै पक्राउ पर्यौँ । कति त प्रजा परष्िाद्सँग असंलग्न मानिसहरू पनि पक्राउ परे । धार्मिक नेताहरू पनि पक्राउ परे । शुक्रराज तिनैमध्येका एक थिए । उनी पनि प्रजा परष्िाद्को घानमा परे । उमेरका हिसाबले शुक्रराज शास्त्री हामीभन्दा पाका थिए । उनको व्यवहार पनि तदनुकूलकै थियो ।
१९९५ तिर कलकत्तामा कांग्रेसका पुराना नेता महेन्द्रविक्रम शाहले लिथो -डुप्लिकेटिङ्) मेसिन हामीलाई नेपालतर्फ पास गराइदिएका थिए । हामीले बाकसमा कपडाको चाङभित्र बेरएिको त्यही मेसिनबाट टंकप्रसाद आचार्यजीले लेखेको चारथरीका पर्चा पाँच हजार थान छाप्यौँ । मच्छिन्द्रनाथको भोटो देखाउने दिनको अघिल्लो राती जुवा फुकाइने हुनाले मानिसहरूलाई हिँडडुल गर्ने छुट हुन्थ्यो । हामीले त्यही अवसर पारेर काठमाडौँ, पाटन र भक्तपुर तीनै सहरमा पर्चा छर्यौँ । अरू दिन त बेलुका ९ देखि बिहान ४ बजेसम्म कफ्र्यु लाग्थ्यो ।
जुद्धशमशेरका ज्वाइँ पर्ने महेन्द्रविक्रम शाहले प्रजा परष्िाद्का निम्ति डुप्लिकेटिङ् मेसिन किनिदिएको बयान हामीले सिंहदरबारको बयानका क्रममा दिइसकेका थियौँ । त्यस आधारमा जुद्धशमशेर उनलाई बचाउनेतिर लागे । तर, चन्द्रशमशेरको प्रयास सजाय दिलाउनेतिरै रह्यो । शाहको मुद्दामा उनीहरू विभाजित भए पनि हामीहरूलाई बयान लिने, सजाय दिने र झुन्ड्याउने कुरामा एकमत थिए । पक्राउको तीन महिनासम्म बयान लिए, कोर्रा लगाए । त्यहीबेला जुद्धशमशेरले कुर्लिएर भनेका थिए, “यी सबैको नाइके यही शुक्रराज हो । सबैभन्दा पहिले यसैलाई झुन्ड्याउनुपर्छ ।”
त्यसबेला जुद्धशमशेरले गर्जिंदै शुक्रराजलाई गाली गरेको म झलझली सम्भिmरहन्छु । तर, निडर शास्त्री टसको मस भएनन् । सिंहदरबारमा हामीहरूको मुद्दा छिन्दा राजा त्रिभुवनलाई पनि ल्याइएको थियो । त्यहाँ ब्राह्मण भएकाले टंकप्रसादजी र मलाई चारपाटा मुडेर छोड्ने निर्णय सुनाउँदै चार जनालाई मृत्युदण्डको फैसला सुनाइयो ।
१९९७ माघ ९ गते शुक्रराज शास्त्री व्रत बसेका थिए । त्यसै दिन उनलाई मचलीको ठूलो रूखछेउ लगियो र फाँसीमा झुन्ड्याइयो । उनले फाँसीको फन्दा -डोरी) लाई हेरेर जुद्धशमशेरलाई लल्कारेका थिए, “जुद्धशमशेर ! म मर्दिनँ । मेरो आत्मा अमर छ । यो नश्वर देह मातृभूमिको सेवाका निम्ति अर्पण गर्न पाउनु मेरा लागि ठूलो सौभाग्य हो ।” यसरी साहसका साथ फाँसीको डोरीलाई गलामा लगाएर उनी झुन्डिए । यसरी उनी नेपालका महान् सहिद बने । अबको नेपालमा यस्ता सहिदको परभिाषा हुनुपर्यो । सम्मानका हकदार सहिदहरू कहिल्यै पनि अपमानित हुनुहँुदैन ।
नेपाल साप्ताहिक ३३०
