शुभकामना नयाँ वर्ष अनि नयाँ दिनको
सफल रहोस् सदासदा फेरी आउने दिनको ।
हाँसेर बितोस दिनहरु सँधै सँधै हरेक पल
चिन्तापीडा नहोस् कसैले गर्न नसकोस छल,
उपहार शब्दहरु आजका सुन्दर दिनको
सफल रहोस् सदासदा फेरी आउने दिनको ।
सुखमय जीवन खुशीमा उल्लास मय होस्
सपनी पनि आफ्नो बिपनी पनि आफ्नै होस,
उपहार शब्दहरु आजका सुन्दर दिनको
सफल रहोस् सदासदा फेरी आउने दिनको ।
