Skip to content

स्मृतिभित्रको पोखरा


धेरै परिवर्तन भएछ, धेरै वर्षपछि फर्कदा गरेको अनुभव हो यो । हरेक दश–दश वर्षमा परिवर्तन आउँछ भन्ने कथन पनि छ । त्यसैले पनि यो कुरालाई स्वीकार्न बाध्य भए । तीसवर्षको पंचायत काल पछि आएको बहुदलीय प्रजातान्त्रिक व्यवस्था अनि राजतन्त्रात्मक बहुदलीय व्यवस्थामा आएको कमी कमजोरीलाई पनि पन्छाउँदै आएको संघीय गणतन्त्रलाई पनि परिवर्तनकै रुपमा लिनु पर्दछ ।

मैले भन्न खोजेको कुरा अलिक फरक छ, राजनैतिक चिन्तनभन्दा माथि, वर्तमान परिस्थितिभन्दा भिन्न । तर पनि वर्तमान नै नभएको कुनै कुरा नै हुँदैन, किम्बदन्ती नै भएपनि वर्तमानस“ग मेल खाने परिप्रेक्ष्य नभएमा यसको अर्थ रहन सक्दैन तत्काललाई । मेरो आफ्नै विषय, आजभन्दा दशवर्ष अगाडि बसेको थिए यो सुन्दर नगरी पोखरामा । त्यस समयको स्थिति र वर्तमानको यस अवस्थाले मेरो मनमा छोएका केही कुराहरू कोर्दैछु ।

रामबजारस्थित कालीका माध्यामिक विद्यालय भवनमा संचालनमा रहेको कलेज, बिहानी कक्षा, कलेजको पहिलो समूह, सीमित विद्यार्थी, सीमित शिक्षकहरू । सबैसँग राम्रो परिचय, सद्भाव, सहृदयी बनेर बसेका थियौं । पहिलो पटकमै केही विद्यार्थीहरूले प्रविणता प्रमाणपत्रतह पार गरेका थिए भने कोहीले केही वर्ष लगाएकै हुनुपर्छ । तर पनि मेरो बसाइको क्रममा नजिक भएका मित्रहरू हृदयात्मक रूपमा आत्मीय बन्न पुगेकाले पनि हुन सक्छ बिर्सन सकेको थिइन । पोखरा छाडेर काठमाडौ फर्केपछि आनो कार्य व्यस्तता, कुनै त्यस्तो काम विशेष नपर्नुले पनि पोखरा फर्कने साइत जुरेको थिएन भने पनि हुन्छ । पशुपतिको यात्रा सिद्राको व्यापार भने झैँ गत २०६० सालको चैत्र महिनामा कार्यालय कामको सिलसिलामा पोखरा पुग्ने मौका मिल्यो । यसलाई सुवर्ण अवसरकै रूपमा लिएको थिए । यस अवसरलाई मैले नजिकबाट माछापुच्छ्रे नियाल्ने, दबेको सेतीको वेदनालाई मनन् गर्नु त थियो नै । बाराही मन्दिरलाई आनो गोदमा लिएर सिंचाई, जलविद्युत, माछापालन, पर्यटन व्यवसाय, प्राकृतिक सौन्दर्य प्रदान गरिरहेको फेवासँग नजिक हुनु मात्रै हैन । त्यस भित्र डुङ्गामा सयर गर्दै डुबुल्किएर मज्जा लिनु एउटा छुट्टै आनन्दी थियो । आफ्नो कुलको देवता विन्ध्यवासिनीको दर्शन यस अवसरले पनि जुराएको थियो ।

व्याकुल थियो मन, पुराना साथीहरूस“गको भेटका निमित्त । कलेज प्रमुख, बलवीरसिंह नेगीको फोन नम्बर टिपेर राखेको थिएँ । संयोगवस भनौकि समय समयमा फोनबाट सम्पर्कमा रहिरहेको थिएँ, पटक—पटक काठमाडौंमा भेट हुने अवसर पनि मिलेको थियो प्रमुखको काठमाडौं यात्राको क्रममा । तर पनि अरु साथीहरूको बारेमा भने खासै खबर पाउनबाट बन्चित नै रहेको थिए । त्यस पटक मैले साथीहरूलाई भेट्नै पर्छ मेरो मानसिकतामा रहेको विषय थियो त्यसबेला । साउनमा आँखा फुटेको गोरु सधै“ हरियो देख्छ भने जस्तै, म पनि दसवर्ष पछि साथीहरू खोज्न कलेज भवन रहेको स्थान रामबजारमा नै पुगेको थिए । हुन त कलेजमा पढ्ने स्थानीय नै बढी हुने भएबाट पनि स्थानविशेषमा भेट हुन सक्ने संभावना रहेर नै त्यहाँ पुगेको थिएँ म । नभन्दैमा कलेज नजिकै घर भएका माधव न्यौपाने आफूलाई माधुरी उपनामले चिनाउँने, उनी नृत्यतर्पm अभिरुची राख्ने तथा बच्चाहरूलाई नृत्य सिकाउने काम गर्दथे । मित्रलाई बाटैमा भेटे । देखादेख भयो, हामी एकआपसलाई चिन्नमा त्यति गाह्रो परेन । दसवर्ष पछि खासै परिवर्तन आएको थिएन उनीमा अनि ममा पनि । उनी अचम्मित भए, धेरै टाढा रहेका साथीसँग एक्कासि भेट हुँदा अनि खुसी पनि । मलाई झन खुसी लाग्यो, मेरो अड्कल सफल भएकोमा । अनि मेरो मित्रभेटको चाहना पूरा भएकोमा । मलाई घरतिर लगे । नयाँघर बनाइसकेका रहेछन् मित्रले, दसवर्षपछि उनमा परिवर्तन आएको पाएँ । घर निर्माण, विवाह, अनि स्कुलको शिक्षक बनिसकेका रहेछन मित्र त । त्यसमा पनि दुई छोराका बाबु समेत । खुसी लाग्यो उनको उन्नती र प्रगति प्रति । नोकरीकै कुरा गर्नु पर्दा त म नोकरीकै सिलसिलामा पोखरा पुगेर अध्ययन गरेको थिएँ । त्यसलाई चाहि परिवर्तन भन्न मिल्दैन मेरो सम्बन्धमा । तर पनि मैले पनि पोखरा छाडेको चारवर्षपछि विवाह गरेर एउटी छोरीको बाबु समेत बनिसकेको थिए त्यस बेलासम्म ।

राम्रो सत्कार गरे मित्र माधव अर्थात माधुरीले । उनले जाने बुझेसम्म कक्षा सहपाठी मित्रहरूको बारेमा जानकारी गराए । त्यसमध्ये नजिकै रहेका केही साथीहरूलाई भेटाउने बन्दोबस्त पनि मिलाए । दिदीको घरमै बसेर बढ्दै गरेकी विष्णु पराजुलीसँगैको घरमा कोठा गरेरै बसेकिरहिछिन् । अनि चित्रा गुरुङ पनि आफ्नो जन्मघरनै प्यारो बनाएर बसेकी । अधिकांश साथीहरू अध्यापन पेश नै अंगालेको पाएँ । बहिनी रेणु, थापाकी छोरी भएकाले पनि कक्षामा मैले बहिनी भन्ने गरेकी, को बारेमा पनि केही जानकारी लिन खोजेको थिए । अनि ज्ञानेन्द्र कार्की, दुर्गा गुरुङ, श्रीजंग, होमबहादुर कार्की अनि अरु साथीहरूको बारेमा जानकारी लिन चाहेको थिए । माधवजीले मलाई विष्णु तथा चित्राको घर नजिकै भएकाले भेटाई दिए भने दुर्गाको बारेमा विवाहित भएर ब्रिटिस क्याप नजिक रहेको भनी चित्रामार्फत जानकारी पाएँ । इन्दिराको भने, अम्मरसिंहको पुरानो पसल भएकै स्थानमा नयाँघर निर्माण गरेर केही सटर अरुलाई भाडामा र एउटामा आफैँले पसल संचालन गरेको बसेको पाएँ । सारै परिवर्तन पाए उनीमा झण्डै चिन्नै नसकेको, शारीरिक परिवर्तनले, तर मन र हेरिदिने आँखा भने परिवर्तन आएका रहेनछन् । मलाई त इन्दिराले भन्दैथिइन, आबुई ! कस्तो, तिमी त कुनै परिवर्तन पनि नभएको, अहिले पनि जस्ताको तस्तै । बरु दुब्लाएको पो कि क्या हो ! आफू मोटी भएर अरुलाई दुब्लाएको देखेको त हैन ! यो मेरो व्यंग्य प्रतिप्रश्न थियो उनी माथि । धेरै समय पछिको भेट, केही समय भलाकुसरी भए । म पनि कार्यक्षेत्रमा फर्कनु थियो । अनि उनका पसलमा आउने ग्राहकलाई उनले समय दिनु पर्ने थियो । म फर्कन्छु, पछि भेट्ने बाचा गर्दै ।
हामी पढेको कलेज पनि रामबजारस्थित कालिका माध्यामिक विद्यालयको भवनबाट आफ्नै भवन काजीपोखरीमा सरिसकेको जानकारी पाएँ । शनिवारको दिन थियो । मित्र माधवलाई लिएर आफू पढेको कलेजको नयाँभवन तथा पुराना मित्र जो क्लासमा ज्यादै नजिक भएर बसिएको थियो, मित्र ज्ञानेन्द्रलाई भेट्न उनको घरसम्म पुगें । भेट हुन सकेन, उनी त्यस समय पोखरा नभएको र काठमाडौं तर्पmनै रहेको जानकारी पाएँ । आफू काठमाडौंतिर बसोबास गर्ने भएकाले उनको ठेगाना तथा सम्पर्क माध्यम बारे जानकारी माग्दा पाउन सकिन । उनकी आमाले समेत जानकारी नभएको बताइन् । कलेज भवनको बाह्य निरीक्षण गरेर फर्कियौं । बिदाको दिन भएपनि कार्यालय काम बाँकी नै भएकाले कार्यालय फर्कनु पर्ने भएकाले माधवलाई बाटैबाट बाई गरेर महेन्द्रपुलतर्फ फर्केको थिएँ । त्यसको भोलिपल्ट काठमाडौ फर्केको थिएँ त्यस पटक यात्राको क्रममा ।

पुनः २ वर्ष पछि अर्थात २०६२ सालको फागुनको दोष्रो साता, कार्यालय काम विशेषले पोखरा पुगें । शारीरिक रूपमा टाढा भइएका मित्रहरूसँग भेटघाट गर्ने पुनः मौका मिल्यो । म महेन्द्रपुल नजिकैको क्याम्पमा बसेको हुन्छु । महेन्द्रपुलबाट क्षेत्रीय अस्पताल, अमरसिंहचोक आउने बाटैमा पर्ने रानीपौवामा बसोबास गर्नु हुने क्याम्पस बलबीरसिंह नेगीको घरमा नपुगिरहनै सकिन । आफू बसेको स्थानबाट पनि नजिक नै थियो । सारै माया गर्नु हुन्थ्यो, मलाई मात्र हैन, सबै विद्यार्थीहरूलाई । उहाँको ममतामा जादु थियो शिक्षाको । प्रायः साथीहरू उच्चशिक्षा हासिल गर्न सफल भएका छन् नै । मान्दैमानेन उहा“लाई नभेटिरहन, केही फुर्सद समय निकालेर उहाँलाई भेट्न पुगेँ । सारै खुसी हुनु भयो । म्याडमले पनि राम्रो सत्कार गर्नुभयो । म्याडम शिक्षा क्षेत्रको सेवाबाट निवृत्त भएर बस्नुभएको रहेछ । छोरा सैनिक अधिकृत, बुहारी शिक्षिका तथा एउटी नातिनीको हजुरबाबु÷हजुरआमा भएर खुसी साथ रहनु भएको रहेछ । ६० को दशक कटि सक्नु भएका नेगी सर अभैm पनि कालिका क्याम्पसमा बिहान दिउँसै क्लास लिन गई राख्नुहुन्छ । बाटामा आङ्खना विद्यार्थी कोही भेट्नुभयो कि मोटरसाइकल रोकेर बोलाई हाल्नुहुन्छ । विद्यार्थीले देखेर नबोले वा देख्न नभ्याए पनि, सोधिहाल्नुहुन्छ हालखबर । अनि केही अप्ठ्यारो भएको भए कहाँ पुग्ने हो म पुर्याइदिन्छु, त्यसो पनि भन्न पछि पर्नु हुन्न वहाँ । केही समय भलाकुसरी गरेपछि म काम विशेषले विजयपुर जाने पर्ने भएकाले वहाँबाट बिदा भएर विजयपुर पुगेको थिएँ । पहिले आफू बसेको ठाउँ नपुगिरहन मनैले मानेन । दुईवर्ष अघि जाँदा पुग्ने अवसर नै नपाएर सारै दुःख लागेको थियो । त्यसैले पनि यो पटक भने नपुगिरहन मनैले नमानेरमभ पुगेको थिएँ । सारै रमाइलो लाग्यो, क्याम्प वरिपरि खासै बस्ती थिएन, फाट्टफुट्टघरहरू बाहेक । अहिले त नयाँशैलीका निकै घरहरू निर्माण भइसके रहेछन् । केही समयको घुमाई, केही पुराना साथीहरूलाई भेटघाट गरी खाजा खाएर त्यहाँबाट पुनः अमरसिंहचोकतर्फ फर्केको थिएँ । त्यहाँबाट मित्र माघवको घरतिर लागें । फोनवार्तालाप भइरहेको थियो, समय मिलाएर भेट्न आउने वचनबद्ध भएको थिएँ । म पुग्दा उनी पनि विद्यालयबाट फर्किसकेका रहेछन् । घरको तल्लो फ्ल्याट भाडामा दिएको हुनाले उनीहरू माथिल्लो तलामा बस्ने गरेकाले म पनि खुइखुइ माथिल्लो तलामा नै पुगे । खाजा खाने बेला भर्खरै भएको रहेछ । माधवजी केटाकेटी लिएर बसेका रहेछन् । नमस्तै भन्दै हाँस्दै पुगेको देखेर दंग परे माधवजी । स्वागत गरे मलाई, बुबामुमा, दिदी पनि आई पुग्नुभयो अनि भाउजू । सबैलाई अभिवादन गरें । भाउजूले खाजा मलाई पनि ल्याइदिनु भयो । नखाउँ अनादार गरेको हुन्छ भनेर खाएँ । भर्खरै विजयपुरमा साथीभाइहरूले खाजा खुवाएरै पठाएका थिए । आलुलाई तेल राखेर उसिनी तयार पारेको खाजा रहेछ । खुबै मीठो लाग्यो । हामीकोमा त बैशाखतिर आलु उब्जिनी हुने सिजनमा मात्र आलु उसिनेर खाजा खाने चलन हुन्छ तर पनि यसरी तेल राखेर उसिनेको जानकारी त्यहाँ मात्र पाउन सके । खुबै मीठो लाग्यो । अँझै खाउँ खाउँ लागेको थियो, केही समय पहिले नै टन्न खाजा खाएर आएको हुँदा पनि आट गर्ने सकिन । पानी राखेको उसिनेको आलु त त्यति स्वादिलो लाग्दैन थियो । हामीकोमा पनि माटाको भाडोमा पानी नराखी उसिन्ने गरेको पनि जानकारी पाएको थिएँ । पानी राखेर उसिनेकोभन्दा त्यो धेरैहदसम्म मीठो हुन्छ भन्नु हुन्थ्यो आमा । एकछिन भलाकुसरी भयो, साथी तथा उहा“का परिवारसँग । बुबामुमाले मेरोबारेमा जानकारी लिनु भयो । मेरोबारेमा केही हदसम्म साथीले पनि जानकारी गराए भने केही हदसम्म मैले नै । माधव दुई छोराका बाबु थिए, अहिले त म पनि एउटा छोरा र छोरीको बाबु बनिसकेको जानकारी गराएँ । उनीसँग ठट्टा गर्ने हेतुले उनलाई, तिमी त छोराका बाबु मात्र म त छोराछोरीको नै । एकछिन हाँसो चल्यो, भाउजूले पनि सकारात्मकनै प्रतिक्रिया गर्नुभयो । अहिले नभएर के भयो र छोरी जस्तै बुहारी ल्याई हाल्छन् नि हाम्रा छोरोहरू । त्यो पनि हो, सहभती जनाई दिए । एकछिनको आराम गरेपछि दुर्गासँगको फोनवार्तालाप अनुसार उनको घरमा आउन निम्ता गरेकी थिइन । अहिले उनी बुद्धचोकस्थित माइतीमा नै बस्दै आएकिरहेछिन् । दिउँसै निस्केको हुनाले साथी माधव, चित्राहरू विद्यालय तर्फ नै रहने हुनाले भेट गर्न केही समय कुर्नु पर्ने भएकाले उनकोमा पस्ने विचार गरेको थिएँ तर विजयपुरको अल्मलाइले ढिलै हुँदा उनकोमा पुग्ने समय पनि ढिलै हुन पुग्यो ।

दुर्गाको घर मैले देखेको थिइन्, माधवको सहायत लिएर जाने निधो गरिसकेको थिए । मेरो सहयोगको लागि तुरुन्तै तयार भए । माधवको परिवारसँग बिदाइ भएर बुद्धचोकस्थित दुर्गाको घरतर्फ लाग्यौं । बस्तीको भित्रीबाटो हुँदै हामी बुद्धचोकमा पुग्यौं । उनी तरकारी किन्न बजार गएकिरहिछिन् । परीवारिक सदस्यहरूबाट पाएको खबरको आधारमा पछि आउँला नि त, भन्दै फर्कन लागेको थियौं, बाटौमा भेटिइन दुर्गा । कराउँदै थिइन, ‘दिउँसै आउँछु भनेको मान्छे त यसबेला हेर । हुन पनि साँझको समय हुन लागिसकेकोले बेलुकीको तरकारी खरिद गर्न बजार गएकिरहिछिन् ।सँगै फर्कियो उनकोमा । ‘धेरै समयपछि भेट भयो हगी, ज्यादै खुसी लाग्यो’ । वातचित भयो, उनका विगत, वर्तमान, अध्ययनका कुरा आदिआदि । चिसोको व्यवस्था गरिन । अनि चित्रालाई पनि त्यही बोलाउन कल गरिन । एकछिन गफगाफतिरै व्यस्त भयौ । पुराना साथीहरूको बारेमा केही जानकारी लिए“ । उनी एक छोरीकी आमा बनिसकेको कुरा पहिले नै जानकारी गराएकी थिइन् । उनको छोरी र मेरो छोरो स“गैका रहेछन् । गफ गर्दा गर्दै नानी उठेकिले लिन गइन र बोकेर पाहुना कक्षमा ल्याइन । चुप लागेर ममीकै काखमा बसी राखिन नानी । नानी केही अस्वस्थ भएकिरहिछिन् । तर पनि त्यति चलाख, चकचक गर्ने बानी भने रहेन छ । जहाँ राखिदियो प्रायः त्यही बसेर खेली राख्ने बानी छ भन्दैथिइन् । उता मेरो फुच्चे भने एकछिन एक ठाउँमा बस्दैन, १५ महिने फुच्चे, बाबाको नाकमा मुक्का हान्ने, दिदीले लेख्न लागेको कलम खोसेर कपी, कितावमा कोरिदिने, टुलमा उक्लेर र्याकमा राखेका किताव, सामान खसाली दिने, छतको पर्खाल चढी दिने सारै छुक छुके भएको घरमा ममीलाई दिक्कै पार्थ्यो भने अर्कोतिर बालापनको चर्तिकला देख्दा रमाइलो पनि लाग्थ्यो । खाना खान बसेको बेलामा भान्छे नै बनिदिन्थ्यो । कहिले राइस कुकरबाट खाना पस्कन पुग्छ, कहिले तरकारी हालिदिन । सारै भिन्न पाएँ उनको र मेरो बच्चा बीचको क्रियाकलाप ।

केही क्षणको भलाकुसरीपछि चित्रा पनि आइपुगिन् । उनलाई पनि विद्यालयको निमित्त बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म समय दिनु पर्ने रहेछ । सारै व्यस्त रहिछिन् । उनी हालसम्म पनि अविवाहित रहेकी भन्ने कुरा साथीहरूबाट जानकारी पाएँ । उनी अविवाहित हुनुमा सायद विवाहितहरूको दुःख देखेर उव्जिएको बैरँग्यपन वा पुरुषप्रतिको नकारात्मक सोच वा शुभ साइत नआइपुगेको धेरै अड्कल काटे मैले त्यहाँ बसुन्जेल । उमेरले पनि तीनदसक पार गरिसकेकी थिइन । पुरुषप्रतिको बैराग्य भनौ भने हामी आएकोभन्दा नआउनु पर्ने, त्यो पनिरहेन । सो सम्बन्धमा दुर्गाले अघिल्लो दिनमात्र स्थानीय एफ.एम. रेडियो अन्नपूर्णमा चित्राले अन्तरबार्ता दिएकिरहिछिन् एउटा शिक्षिकको हैसियतले । विवाहको सम्बन्धमा सोधिएको सवालमा विवाह नै नगर्ने विचार त हैन राम्रो मिल्दो जीवनसाथी फेला पारे विवाह गर्ने कुरा बताएको भन्दै दुर्गाले भन्दैथिइन । साँझ पर्न लागिसकेको र लोडसेडिङ्घले बत्ती निभेको हु“दा दुर्गाले मैन बत्ती बालिन । मलाई महेन्द्रपुल, फूलबारीसम्म पुग्नु पर्ने भएकाले ढिला हुन लागिसकेको थियो । माधव र म उनीहरूस“ग बिदा भयौं । यही खाना खाएर गए भइहाल्छ नि ! भन्दै थिइन दुर्गा । चित्रा भने केही समय बसेर मात्र फर्कने बताइन् । मलाई छाड्न माधव बुद्ध चोकसम्म आइपुगे । म माइक्रोबस चढेपछि उनी घरतर्फ फर्के । म पृथ्वीचोक, सिर्जनाचोक हुँदै जाने माइक्रोबस चढेर चिप्लेढुङ्गा पुगेँ। त्यो माइक्रोबस बगरतिर जाने भएकाले म चिप्लेढुङ्घामा नै ओल्हेर क्याम्प तर्फ लागे ।

भोलिपल्ट सामानहरू काठमाडौं पुर्याउनु पर्ने भएकाले गाडी लिएर एअरपोर्ट पुगेँ। काठमाडौंबाट स्काई ट्रक आई जोमसोम पुगी फर्कने भएकाले सो सामान स्काई ट्रकमा पठाइदिन काठमाडौं जाने एउटा भाइलाई जिम्मा लगाएर फर्के । फर्कदा रामबजार हुँदै आए, अघिल्लोदिन विष्णुसँग भेट नभएको हुनाले विष्णुलाई त्यही मौकामा भेट्ने समय मिलाए । चिया, बिस्कुट खुवाइन, एकछिन अल्मल्लिएर उनका पनि बिगत र वर्तमान सबै वृतान्त सुनें । मैले पनि सुन्ने बाहेक केही गर्न सक्ने अवस्था थिएन । उनले एक विवाहित पुरुषसँग प्रेम विवाह गरिछिन् । तर पछि त्यस केटाले छाडिदिएर गएपछि मुद्दाको चक्करमा रहिछिन् । उनको कुरा सुनेर दुःख पनि लाग्यो अनि अविवाहित केटा नपाएर विवाहितनै ताकेर महिला अधिकारको खिल्ली उडाएकोमा गाली गर्न पनि मन लाग्यो । उनी दुखित नै देखिएकाले सान्तवनाका शव्द मात्र व्यक्त गरे । उनीबाट बिदाइ भएर अमरसिंहचोक हुँदै फर्के महेन्द्रपुलस्थित फुलवारी क्याम्पतर्फ फर्के । फर्कने क्रममा अमरसिंहचोकमा इन्दिरालाई भेटेँ । पसलमै थिइन उनी । केही समय भलाकुसरी गरेर फर्के । खाना खाएर आराम गरे । सो दिन मलाई फुर्सद नै थियो । हाकिमहरू जोमसोमतर्फ लागेकाले खासै काम थिएन । दिनभरि चर्को घाम लागेको हुनाले बाहिर निस्कन जाँगर पनि लागेन । बेलुकीपख साथीलाई लिएर बाहिर निस्के । बहिनी रेणुसँग दिउँसो फोनमा कुराकानी भएको थियो । उनले बोलाएकी थिइन भेटघाटको लागि । उनलाई स्कुलमा भेटियो । स्कुल छुटेर बच्चाहरू घर गइसकेका रहेछन् । उनी केही काम भएर स्कुलमा अलमल्लिएकी थिइन । उनलाई भेटेपछि घरतर्फ जान आग्रह गरिन । म र साथी बाइकमा गएका थियौं । उनको घर साथी ज्ञानेन्द्रको सँगरहेको जानकारी गराइन । त्यो स्थान भनेको काजीपोखरी, कालिका क्याम्पस रहेको इलाका नै थियो । बाइकमा गएको हुँदा केही समय अगाडि नै पुगिएकाले कलेज अगाडिको पसलमा कुरेर बस्यौं । उनी हिडेर नै आइपुगिन । उनको घरमा गयौं । केटाकेटीहरू ठूलोबाबाको घरतिरै गएर अलमलिएका रहेछन् । ममी आएपछि मात्र भित्र पसे । एकछिनको भलाकुसरी पछि चिया खाजा खुवाई । पातली रेणु बहिनी अहिले त मोटी पनि भइछिन् । एउटा छोरा अनि छुनमुने छोरीकि आमा भइसकेकिरहिछिन् । उनीबाट एउटा नराम्रो खबर पनि सुन्नु पर्यो । हाम्रो कक्षा सहपाठी होमबहादुर कार्की, रेणुको फुपूको छोरा नाता पर्ने आत्महत्या गरेको खबर । ज्यादै दुःख लाग्यो, एउटा मिल्ने, आत्मीय मित्र यो संसारबाट बिदा भइसकेको खबरले । उनीसँग मित्र ज्ञानेन्द्रको बारेमा पनि जानकारी लिएँ । हाल ऊ पोखरामै रहेको र बेलुका ७ बजेपछि मात्र घर आइपुग्ने खबर गरेकी हुनाले भेट्ने अवसर मिलेन । उनले घरको फोन त टिपाइन, मोवाइल नम्बर भने पाउनसकिएन । पछि फोनमै भेटौंला भनेर निस्कियौं उनीबाट बिदा भएर । हामी बाहिर निस्कदा उनकी सानी छोरीले हामीलाई हात हल्लाउदै बिदा गरेकी थिइन् । उनले मलाई मामा भन्दै चिनाएकी थिइन । मैले लगिदिएको फ्रुटी खुसी मान्दै खाँदैथिइन् । सारै खुसी लाग्यो रेणु बहिनी र उनको साना छोराछोरी सहितको रमाइलो परिवारलाई भेट्दा ।

मित्र ज्ञानेन्द्र, कलेजमा राजनैतिक भूमिकामा सक्रिय थिए । यसभन्दा अगाडि गएको समयमा भेट हुन नसक्नुले पनि यस पटक जसरी भएपनि भेट्नु पर्छ मेरो आसय थियो । बहिनी रेणुको सहायताले प्राप्त गरेको नम्बरबाट उनलाई फोनमा भेटघाट गरे । उनले म पोखरा आइपुगेको खबर सुनेपछि, कहाँ बसेको छ अहिल्यौ लिन आउछु भन्दै थिए । म बेलुका आउँदिन भनेपछि भोलि कुनबेला भेट्ने भन्दै थिए । कार्यव्यस्तताले भेट्ने समय मिलाउन सकिन । मैले भोलिपल्ट नै जानकारी गराउने विश्वस्त तुल्याए । शनिवार भेट्ने कार्यक्रम, सारै वर्षाद हुनु तथा बिदा नै भएपनि कार्यव्यस्तताले गर्दा निस्कन भ्याउँदै भ्याइन् । तैपनि एकैछिन भएपनि समय मिलाएर साथीलाई भेटौला भन्ने सोच निकालेर मोवाइलमा सम्पर्क गर्ने प्रयास गरे । त्यस बेलामा असफल नै रहन पुगेँ, तपाईले कल गरेको मोवाइलको स्वीच अफ गरिएको छ भन्नेप्रतिक्रिया मै चित्त बुझाए“ । घरमा पनि फोन उठेन । ठिकैछ यस मौकामा पनि भेट्ने साइत जुरेको रहेन छ भनी चित्त बुझाए । समय मिलेपछि भेटौला भन्दै पोखराको एकहप्ताको बसाई एवं विगतलाई स्मरणमा ताजा पार्दै भोलिपल्ट बिहानै पोखरा विमानस्थलबाट स्काइट्रक चढेर काठमाडौं फर्केको थिएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *