Skip to content


म पानीको रँग केमा देखाउँ?
वादल, ओस, शित या सबैको मैलो पखाल्दै ओह्रालो लागेकी नदी ?
म ऑशुको रँग केमा देखाउँ?
हॉसो, खुसी, निराशा, उदासी, गर्व, तुजुक, मृत्यु, वेदना, अभिमान…?
तर,
मलाई रमाइलो लागिरहेछ
घर अगाडिको त्यो रुखको पातबाट तप्प….तप्प खसिरहेको पानीका थोपा देखेर!
त्यहाँ जीवन देख्छु, आँसु महसुस गर्छु, पीडलाई आत्मसात गर्छु
उनैसँग रुझ्दै गरेको कल्पनामा
हृदयको मैलो पखाल्छु
सायद, ती थोपा.. थोपाले तिम्रो दम्भलाइ पनि रित्याइदियो कि!
सोचेरै, भावविभोर हुन्छु
त्यसैले त वर्षात, म रुझ्न चाहन्छु
जसरी उनी तिम्रो करुणा र प्रेमले
आज कृत्य कृत्य भएकी छिन्,
म पनि त्यो लोभबाट विमुख हुन चाहन्न….!
तिम्रो प्रेमिल व्यवहारले निथ्रुक्क हुन चाहन्छु
तिम्रा प्रत्येक थोपाले माटोलाई प्रदान गरेको सुगन्ध,
रङ्गिन बोट विरुवालाई अँझै चम्किलो बनाइदिने व्यवहार!
म त्यो रुझेको रुख झैँ सुन्दर हुन चाहन्छु,
निथ्रुक्क रुझ्न चाहन्छु
मेरो हृदयको कुना कुनासम्म तिम्रो आगमनको ज्योति छर्न चाहन्छु…..!

1 thought on “रुझेकी रुख र वर्षात”

  1. किवता सुन्दर छ तर भावगत
    कविता सुन्दर छ तर भावगत एकात्मक भावगतताकाे खाँचो हुन्छ । तर यहाँ भावगत एकता भन्दा भावगत अनेकता देखियो । एक कविताभित्र एकै भावको प्राधान्यता रहनु वाञ्छनीय मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *