अजम्बरी माया गर्ने मनलाई छोडी गयौ तिमी
जीवनको जंघारमा बाटो मोडी गयौ तिमी
सपना अनेक रम्थे मनमा चक्नाचुर पारी सबै,
गरेका ती सँगै जिउने वाचा तोडी गयौ तिमी
तिम्रै लागि तीजको व्रत बसे भन्दै खुसी छरी,
घात गरी मृत्युका दिन अँझै जोडी गयौ तिमी
छल गर्नु पापहो भनी पाठ मलाई पढाएर,
मायाको त्यो अतभूत विश्वास गोडी गयौ तिमी
असीमित खुसी दिने अनेक झुत्रा कुरा गरी,
खुसी हरी आशूको यो मुलै फोडी गयौ तिमी
सन्दीप आचार्य
नवलपपासी
