कसरी पोखौ मनको पीडा परेली रुझाई
बाचौला कति नेपालमा हामी यो मुटु जलाई ।
दैवले टाढा बनायो आज दुई मुटु छुटायो
हामीलाई पीडा दिलायो फेरि यो छाती फुटायो ।
वसेका छौं नि कुरेर बाटो राहतको आशामा
मनको बाँध छचल्काइ भिजाई आँखामा ।
प्रकृतिको हेपाइ नेताको बोलाई यस्तै नै रहेछ
७२ को भूकम्प नेपालीलाई दशा नै भएछ ।
वरपर उजाड बस्ती त्रिपालको बास भो
सन्तानलाई खुशी बन्नाउने एक मात्र आश भो ।
परिश्रम गर्छौं दिन र रात कसैलाई नभनी
कसरी बसौं त्रिपालमुनी बर्सन्छ पानी झम्झमी ।
गाँस छैन, बास छैन कसरी सम्हाल्नु
सन्तानको हालत हेरेर अब भविष्य अंगाल्नु ।
समय पापी, भगवान पापी, दुनियाँ पापी छ
सरकारी राहत भोलो कि पर्सी आश मात्र बाँकी छ ।
