कस्तो मोडमा मैले
ल्याई पुर्याए यो जिन्दगी
कसैको खुसीको लागि
अर्पिएको थिए पराईलाई
फर्केर जान सक्दिन
तिम्रो हात फेरि
यो मनले खोजे नि
समात्न सक्दिन
तिमी पनि अन्तै
आसु झर्दै छौ
त्यही आँसुले
भिजेको छु म पनि
पोल्दै छ मुटु
भक्कानो छाडेर रुदै कराउदै
अटस पटस अनि बेचैनी
उपहार पाएको छु
बैगुनी कर्मले
तिम्रो के दोस
दैवको नि के दोष
जब होस् नै थिएन
निर्णय लिने क्षमता नै थिएन
आफ्नो खुसीको मतलब थिएन
त्यागी म
कस्तो मोडमा
ल्याई पुर्याएँ यो जिन्दगी
फर्केर जान सक्दिन
तिम्रो हात फेरि
यो मनले खोजे नि
समात्न सक्दिन ।
