सुन्दरताको खानी तिमी भुल्दिन म तुपुङ्ग-लेंगा
तिमीलाई छोडी अन्त कतै डुल्दीन म तुपुङ्ग-लेंगा ।।
रानी वन र नौले सङ्गै सजेका छौ कति राम्रो
कसै गरि बिदेशमा झुल्दीन म तुपुङ्ग-लेंगा ।।
बाह्रै मास बग्ने तिनै झरना र पालुङ्गखोला
छोडी कतै अन्तै तिर फुल्दीन म तुपुङ्ग-लेंगा ।।
समाज एउटै जमात एउटै सबै मिलि बसेकाछन
तिमीलाई छोडी अन्त कतै घुल्दीन म तुपुङ्ग-लेंगा ।।
याद बनि सधैं तिमी छाई रहनु जहिले पनि
पराईको ठाउँ दिल भित्र हुल्दिन म तुपुङ्ग-लेंगा ।।
हाल- प्रदेश बाट
