राता क्रान्तिकारीहरू काला भए हेर्दाहेर्दै
कंगालहरू पूँजीपतिवाला भए हेर्दाहेर्दै
मैले मन पराएकी मेरी प्रिय मान्छेको नि
बिहे अन्तै भयो लालाबाला भए हेर्दाहेर्दै
जिन्दगीले वियोगान्त कथाहरू दिएपछि
मेरा साथी बोतल र प्याला भए हेर्दाहेर्दै
हुँदासम्म भजन गर्ने, मेरा आफ्ना आफन्त नि
मलाइनै रोप्न खोज्ने भाला भए हेर्दाहेर्दै
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
१ सेप्टम्बर, २०१६
एक वर्ष पुरानो आज पोस्ट गर्दैछु

सारै मार्मिक लाग्यो सर”
सारै मार्मिक लाग्यो सर”