Skip to content

गजल पिएँ

  • by


तिता बचनले बर्षिएको आँसु सजल पिएँ
प्रेषित बिच्छेदपत्र मुसार्दै गजल पिएँ ।

थिइनन् विगतमा त्यस्ती आगतमा किन यस्तो
पिडामा एक झर आँसु घोली गजल पिएँ ।

अहोरात्र कामना गथ्र्यौ दिर्घायुको मेरो
मधुमास पात्र अरु देखेँ कालकुट गजल पिएँ ।

हार हैन है मेरो यो हुदैन कत्ति रुन म
रुँदिन भन्दा भन्दै रुँदै गजल पिएँ ।

सैर गर्दा मेरै सामु कुम जोरी अरुसँग
लोचन बन्द गर्दै डाहा मार्न गजल पिएँ ।

दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *