काँडा पनि फूल जस्तो बन्छ हिँड्न थालेपछि
आँधी आओस् छेक्दैन बाटो मनले चाहेपछी ।
धर्ती नाच्ला रोकिन्न यात्रा गन्तव्यमा पुगिन्छ
हिम्मत हार्नु हुन्न जिन्दगीमा सफलता पाइन्छ,
उड्ने चरी उड्छ गुँडमा पुग्छ उड्न थालेपछि
आँधी आओस् छेक्दैन बाटो मनले चाहेपछी ।
मन न हो आकाशमा पुग्छ खुशी हुनु नै राम्रो
सम्झे धर्ती स्वर्ग मान्छे भै सपना देख्नु राम्रो,
हावाहुरीले रोक्दैरोक्दैन यात्रा मनले चाहेपछि
आँधी आओस् छेक्दैन बाटो मनले चाहेपछी ।
