फलेको फल सुन्दर मात्र हैन मीठो पनि हुन्छ
आफ्नो त संसारमा पराइ पनि आफ्नो बन्छ ।
सुन्दरता त हेर्दा राम्रो हेरेर नि बाँच्न सकिन्छ
टाढा हुँदा नि माया सम्झेर नै यहीँ बाँचिन्छ ।
दिलभित्र सजाउँला जहाँ माया रहे पनि
बाँच्नु पर्ने सम्झी हृदयमा याद गरेर पनि ।
