भौतारिएँ धेरै यो पापी शहरमा
कस्ले डाहा गर्यो खै मेरो रहरमा
आश्वासनको उपहार दिए धेरैले
परे साँटौला के भो र, जिन्दगी जहरमा
यहाँ त धन सितै साटिंदा रहेछन सबै कुरा
सन्ध्या झै लाग्छ खै किन यहा बिहानी प्रहरमा
इमानदारको के काम जाली झेली कै राज छ
म त जीवन भेट्छु फोहर गल्ली र नहरमा
कहाली लाग्दो जीवन लिई कसरी जिउँ दुनियामा
बगाइदिऊ लाग्छ कहिले जीवन पहाडी छहरमा
शिशिर बोगटी
गगुडा १, पलाडी डोटी
हाल सिलगढी, डोटी
