Skip to content


आउने बिहानको प्रतीक्षा
अब भोलि के हुने हो
कसलाई के थाहा
कहिले सूर्य मुस्कुराउनु
कहिले बादलले छेकी दिन्छ
जस्तो बादल पारी तारा
कहिले चम्किलो देखिन्छ
कहिले हराउँछ
आफ्नो भन्ने चन्द्र पनि हराउँछ
आफ्नो भन्ने को नै छ र संसारमा
मित्र भन्नू दुश्मन पनि हुन सक्छ
सामुन्न आएर
मायाका कुरा गर्लान्
पछाडि कुरा पनि काट्लान
किन कि कोही आफ्नो बने झैं
साथ रहेर पनि
नराम्रो कुरा सोच्ने गर्छन्
सामुन्ने बस्नेलाई थाहै हुन्न
आफ्नो बनेर साथ बस्नेहरू
सँगै साथ रात्री भोजमा होस्
या,दिवा भोजमा होस्
अरूकोलागि हैन
आफ्नो लागि आफन्तको सपना देख्नेहरू
आफ्नो हुनै सक्दैन
बरू सडकमा माग्न बस्नेहरू आफ्नो बन्छ
एक मुठी भीखमा जीउँछ
उहीँ राष्ट्रको गौरव उसैलाई सलाम
जय देश जय नेपाल ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *