पिरतीमा जिन्दगीको सास हुँदो रैछ
त्यै भएर अधिक जिउने आस हुँदो रैछ
जवानीको मातमा आँखा चिम्ली हिँडेपछि
लुटाई सारा जिन्दगी नै नास हुँदो रैछ
जन्मिनुको वास्तविकता न बुझेर यहाँ
कलकलाँउदो शरिर पनि लास हुँदो रैछ
बाहिरका गिद्धहरूको के कुरा गर्नु अब
आजभोलि आफ्नै ठाउँमा त्रास हुँदो रैछ
धन-दौलत जति सुकै कमाए नि जिन्दगीमा
वास्तविक इज्जत नै खास हुँदो रैछ
