Skip to content


सयभन्दा माथि हजार लाख सपना मनमा
बाँचेर धर्तीमा चाहनाको फूल तन मनमा ।

आकाश छुने रहर मेरो बाँचून्जेल किन
के के गर्छु भन्ने सपना पाल्छु सधैं किन ।

सब मेरो होस म सबको बन्न सकूँ यहाँ
रिस गर्दिन हाँसेर दिन बिताउँ हाँसी यहाँ ।

चाहे के हुन्न चाहना हुनुपर्छ मान्छेमा
ढुङ्गा देवता हुँन्छ जान्न बुझ्न सकेमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *