Skip to content


यो हजुरको मुहार झलल झलल
नारायणी बगे झैं मनै सलल
सलल सलल सलललल
म पनि जाउँला मुग्लिङ बजार ए माया पर्ख ल

आँखै राम्रो भन्छन् तिम्रो चालै राम्रो भन्छन्
तिम्रो माया नपाई यहाँ कति कति मर्छन्
त्रिशुलीले नारायणीमा फाल हाले जस्तो
मलाई माछी सम्झी तिम्ले जाल हाले जस्तो
सलल सलल सलललल
म पनि जाउँला मुग्लिङ बजार ए माया पर्ख ल

बोली मिठो भन्छन् ढाँचै राम्रो भन्छन्
तिम्रो फोटो मनभित्रको क्यामेराले खिच्छन्
माछापुचछ्रे फेवातालमा पौडी खेले जस्तो
तिम्रो माया सेतीभित्र बस्ने मोती जस्तो
सलल सलल सलललल
म पनि जाउँला मुग्लिङ बजार ए माया पर्ख ल

शब्द – कुन्दन खनाल
स्वर – सम्भुजित बासकोटा, देविका प्रधान
संगीत – सम्भुजित बासकोटा
एल्बम – नेपाली माया
चलचित्र – सजायँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *