Skip to content


ए कान्छी मायाको ढोका खुल्लै छ
आऊ न तिमी आऊ न
देउराली पाखैमा झझल्को आँखैमा
यो मायाले किन सताउँछ

चुल्ठोमा लाली गुराँस सिउरेर तिमीले मस्की मस्की हिंड्दा
आवरा भनेर मलाई तिमीले साह्रै नै जिस्क्याउँदा
पागल छु पागल छु तिम्रो मायाको

इन्द्रेणीको पछ्यौरीले मेरो उमंगलाई चुम्दा
सप्तरंगी कल्पनामा हामी दुबै झन झन डुब्दा
पागल छु पागल छु तिम्रो मायाको

शब्द – सुधा बस्नेत
स्वर – सम्भुजित बासकोटा, देविका प्रधान
संगीत – सम्भुजित बासकोटा
एल्बम – नेपाली माया
चलचित्र – बिसालु

Leave a Reply

Your email address will not be published. Required fields are marked *