भिडमा मेरो हात समाउनेलाई
सम्झना सदा मेरो दिलमा बास जमाउनेलाई
सम्झना र माया उनकै मुटुभरि
भुल्न सकिन मैले उनलाई कसैगरी
अनायाशै मेरो मनमा माया जगाउनेलाई
प्यार सदा मेरो आँखामा छाया बनी आउनेलाई
म कहाँ उनकै यदमा
शायद ओझेल परें म उनको आँखामा
पलभर मै मेरो आँखामा सपना ल्याउनेलाई
मंगलकामना छ मेरो दिलको धड्कन बढाउनेलाई
मिलन थियो हाम्रो पलभरको यादगार क्षण भयो जीवनभरको
तस्वीरभै मेरो दिलमा समउनेलाई
आशिश लाख मेरो मुटुभरि प्यार बनी छउनेलाई
