धेरै गरें इशारा नबुझेर हो कि पुग्छौ पल्लो छेऊ
सधैं कति तर्की हिड्छौ एकैछिन भ’ पनि सँगै बसिदेऊ
अधर खुलेनन् त के भो मैले तिम्रो चेहरा पढिसकें
तिमी सिर्फ एक कदम अगाडि बढ मैले सारा दूरी पार गरिसकें
अब कति नै दूरी बाँकी रह्यो र तिम्रो मेरो छेऊ
एक्लै धेरै बाटो काटें मात्र चार पाइलासँगै हिंडिदेऊ
तिम्रो यो मौन परीक्षा शायद होला मलाई जलाउन
गाह्रो पर्ला फेरि यात्रा सकिएपछि फर्काउन
तिम्रो स्वीकृतिको फसला बॉकी छ हातमा हात लेऊ
किन आफूले आफूलाई नै छल्छौ नजरमा नजर मिलाइदेऊ
