Skip to content


धेरै आफू पुरिदैछन् गन्न गाहृो छ,
उसलाई भनी खाल्टो यहाँ खन्न गाह्रो छ ।

उदाउँछ चन्द्र यहाँ औसी छेकिदिन्छ,
औसीलाई नाङ्लाबाट निफन्न गाह्रो छ ।

फेरिदैछन् दिनहरू एउटै क्षितिजभित्र,
आफ्नो उमेर कति भनी भन्न गाह्रो छ ।

चिन्तित भका देश भक्ति पागल गुथिए,
असल मान्छे यहाँ अब बन्न गाह्रो छ ।

कुटिदैछन् निमुखा अँझै चिसो चुल्होभित्र,
गणतन्त्र माहौल अँझै धान्न गाह्रो छ ।

सुरेश काफले बिदारक’
मधुवन८, काफले टोल, सुनसरी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *