म त जुन तिमी तारा बन,
मन बिसाउने सारा बन ।
तारा टिप्न त सकिन मैले,
छक्का दाँउ पारि मारा बन ।
बोटवाट खसी पराई भयौं,
जीवन गुलाबको प्यारा बन ।
फल्छ एकै वोटमा काँडा र फूल,
फूलसरी मनको धारा बन ।
धुलो मनको आँखामा बिझ्नु भन्दा,
जीवन सजाउन नारा बन ।
सुरेश काफ्ले `बिदारक´
मधुवन ८, सुनसरी ।
