कुन तन्त्र भनी अँझै भल्न बाँकी छ ?
गरीबका चिसो चुल्हो जल्न बाँकी छ ।
सर्वहारा बोलैं लडौं ठुलो आवाजमा
सामन्तीका आवाज अँझै गल्न बाँकी छ ।
डुक्रिंदैछन् साँढेहरू गरिबका परिश्रममा,
त्यसैले त बुर्जुक शक्ति फल्न बाँकी छ ।
कुन हो विभेद रहित – लोक या गणतन्त्र ?
गरीबका छोराछोरी अँझै चल्न बाँकी छ ।
रामप्रसाद, कालेकामी तिम्रा सन्तान `सुरेश´
मन्दिर र चुला प्रवेश छल्न बाँकी छ ।
सुरेश काफ्ले `बिदारक´
मधुवन-८, सुनसरी ।
