हावाहुरी चलेपछि झनै याद आयो तिम्रो बिर्सू कसरी
मनमा सजाउँछु याद भन्नू प्यार मेरो प्राण जसरी ।
माया भन्नू साथसँगै बाँच्ने जूनको झलमल
धेरै नसोचसँगै बाँचौं गर्दै नगर है अलमल्ल,
फूल फुल्दा भमरा झुम्छ फूल वरिपरि झुमु त्यसरी
मनमा सजाउँछु याद भन्नू प्यार मेरो प्राण जसरी ।
बादलसँग खेलूँ हाँस्दै रम्दै तिमीसँगै जिउन सकूँ
चाहिन्न अरू केही दुई प्राण हाम्रो एक बन्न सकूँ,