Skip to content

चुनाव पो आयो क्यारे…


नबोल्ने नि बोल्न थाले चुनाव पो आयो क्यारे,
सारा कुरा खोल्न थाले चुनाव पो आयो क्यारे ।

फलानाको दाम यति चिलानाको तौल त्यति,
मान्छेलाई मोल्न थाले चुनाव पो आयो क्यारे ।

कुरा भन्या यस्तो हुन्छ, जित्ने मेलो गर्नुपर्छ,
तर्कहरु घोल्न थाले चुनाव पो आयो क्यारे ।

आज हाम्रो गोप्य सल्ला, भोली चाँही अलि हल्ला,
निद्रा नै विथोल्न थाले चुनाव पो आयो क्यारे ।

सल्केको छ सारा गाउँ, मुक्त छैन कोही पनि
एक–अर्का पोल्न थाले चुनाव पो आयो क्यारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *