मुक्तक एक
माायमा दाग हुन्न खोट देखिन्न
भाउ मूल्य छैन तराजुमा जोखिन्न ।
अदृश्य दूइ आत्माको मिलन हो
कसैले रोकेर छेकेर पनि छेकिन्न ।।
मुक्तक दुई
फेसबुके माया नलाऊ है सानी परौली खत्रामा
बुद्धिले काम गर्दैन सानी सोर र सत्रमा
मानिस सबै पापी छन् यहाँ संसारै स्थार्थी छ
जोगाउनु सबै ती तिम्रा पाइला जीवनको यात्रामा ।
मुक्तक तीन
स्वर्गबाट झरेकी परी जस्ती तिमी
मरूभूमि रुझाउने झरी जस्ती तिमी
बत्तीस गुनले सजिएकी देवी हौ कि
टन्टलापुर घाम छेल्ने छहारी जस्ती तिमी ।
