केही पक्कै पनि गर्छु भन्ने सोचले
हो म साच्चिकै छुट्टै खास छु।
अरुले नराम्रो भनेको आधारमा
लाग्छ भने तिम्रा लागि बदमास छु।
जस्ताको तस्तै राम्राको लागि राम्रो
खराबका लागि जस्तै चन्द्रमास छु।
तिमी भन्छौ भने मलाई साह्रै होचो
विश्वको होचोको लागि म बाँस छु।
केही गर्न सक्दैन भन्नेको लागि
हो म मरेतुल्य गनाएको लास छु।
मेरो कसैले भरोसा गरेको छ भने
उसको लागि अँझै पनि सास छु।
यसलाई कसरी बिगार्ने हो भन्नेको
उसलाई नै मैले पहिले नै नाश छु।
यो सांच्चिकै सही छ भन्नेको दिलमा
म सधैं सधैं भरी नै पक्कै बास छु।
साच्चिकै तिमी भौमानको दियो हौ भने
म तै दियोमा बलिदिने तेल र कपास छु।
– उदय राज तिवारी
– Uday Raj Tiwari

प्रतिज्ञा को आशामा
प्रतिज्ञा को आशामा