Skip to content


तिमी आफूलाई मान्छौ असाधारण
किनभने?
तिम्रो लागि संसार बन्यौ आवरण ।

शिक्षामा तिमी विद्द्वान बन्यौ
किनभने? तिमीले
हरेक किताव पल्टाउदैमा सबै बुझ्यौ ।

ज्ञानमा पनि तिमी कति ज्ञानी भयौ
किनभने? तिमी
तपश्वीलाई उपदेश दिन गएउ ।

शक्तिमा पनि तिमी कति पहलेवान
किनभने ?
तिमीलाई लाग्छ आफू हिँड्दा जमीन हल्लेलान ।

केही होइन आदर सम्मान कर्तव्य र भगवान
किनभने ?
यी सबै तिम्रोलागि अपमानै अपमान ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *