Skip to content


झ्याल छड्के हैन पूरै खोलेर हेर
मैले पनि तिमीलाई देख्ने गरेर हेर
झ्याल छड्के हैन पूरै …

दिलको हालत कहाँ मालुम हुन्छ आँसुबाट
आँसु गोहीको हुनसक्छ जाँच गरेर हेर
झ्याल छड्के हैन …

माथिबाट तल हेर्दैमा भन्न सकिन्न ओराली भनेर
तलबाट माथि पनि उकालो भनेर हेर
झ्याल छड्के हैन …

हुँदैन कोही साधु माला मात्र जपेर
कालो कर्तुत छोपेको होला खरानी पुछेर हेर, झ्याल …

ओभानो कोही बच्दैन अतिको कल्पनामा पानीमा भिजेर
अति काफी हुन्छ यस्तोमा मात्र छाता ओडेर हेर झ्याल …

गुदी कसरी भन्ने बोक्रा हेरेर
राम्रा अनुहारभित्र दिल जाँचेर हेर !

Leave a Reply

Your email address will not be published. Required fields are marked *