Skip to content

सुस्केरा

अब येसो बसेर सुस्केरा हाल्दै थिए ..
छेवैमा कालो बिरालो आएर म्याउ म्याउ गरी कराउन थालो ..
त्यो बिरालोको आवाजले झर्को लाग्दै थियो ..
कहाँ म भ्गुताको ट्वार ट्वार अनि गाइनेकिराको संगीतमा रमिरहेको थिए ..
ओत लागि बसेको रुखको हाँगो पात सबै हल्लिन थलो ..
येसो माथि हेरेको ढेडु बाधर आएर रुख हलाईराको ..
अनि उठेर आघि बढ्नै पर्ने भयो..
सुस्केरापो हालेको सुतेको कहाँ हो र ..
गन्तव्य त टाढा छ .. उकालो वोरालो समतल भिरालो ..
अलि माथि थुम्कामा पुगी येसो हेरे ..
बिरालो र बाधर्ले हेरिरहेका मलाई ..
मनमनै सोचे सुस्केरा र सुताइमा भेउ पाउन गारो भो होला तिनलाई ..
तुसारो र पर्ने क्रम जारि थियो ..
मेरो गन्तव्यतिर बढिरहने तयारी थियो ..
सायद त्यो तुसारोले आफूलाईसित भंठानो होला ..
सितले त फूलमाथि बसी शोभा बढाउँछ ..
तुसारोले दुख दिन्छ झन् चिसो गराउँछ ..
एकै छिनमा घाम उदायो ..
सित तुसारो सबै भगायो ..
दुइदिने जीवन घाम र छाया..
फर्की आउछु अनि लामला माया ..
…..
……….
फेरि आयो चौतारो ..
एकछिन सुस्ताएर सुसेली हाल्छु है ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *