Skip to content

°° नेपाल आमा तिमीलाई शलाम °°

बेग्लै छ यहाँ भेष र भाषा बेग्लै छ परिभेष
विश्वदेखि कति अलग छ हेर यो हाम्रो देश
हिमाल पहाड उर्बर छ है यो हाम्रो तराई
धेरै थरिका जन र जाति कोही छैन पराई
लेकमा तिमी उक्लेर हेर हिमाल छ हाँसेको
त्यही भेगमा डाँफे र मुनाल संगसँगै नाचेको
झलमल्ल गगनमा हेर तिमी हजारौ तारा छन्
विश्वमा मलाई आरु होइन नेपालीनै प्यरा छन्
डाँडा पाखा शरीर उनको झरना उनको केश
दासत्व को निन्दा गर्छौ स्वाभिमानी नै बेस
चन्द्र र सूर्य जबसम्म रहन्छ,रहन्छ मेरो देश
मेटेर यस्लाई मेटिन्न कहिल्यै रहिरहन्छ अवशेष
जन्म लिए यही धर्तीमा मर्नु छ यही ठाउँ
रगतका हरेक थोपामा मात्र छ तिम्रो नाऊ
नेपालीको इज्जत बेची बन्दिन कहिल्यै गुलाम
बजारेर यी हात खुट्टा आमा तिमीलाई शलाम
नेपाल आमा तिमीलाई शलाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *