Skip to content

हे आमा नेपाल तिमीलाई


हे आमा नेपाल तिमीलाई संसारकै राम्री बनाउँला
एक कोटी जन मिलेर सुसार गर्दै जाउँला
हे आमा…………………………बनाउँला

सुपुत्र जन मिलेर देशको सेवा गरौंला
उन्नति पथमा लम्केर प्रगति बिउँ छरौला
हे आमा…………………………बनाउँला

काँधमा काँध थापेर परेको बोझ बोकौंला
आजको दुःख सहेर भोलिको सुख हेरौला
हे आमा………………………..बनाउँला

देशको मैलो पखाली पवित्र राखी छोडौला
एक मुठी पानी पिएर देशको लागि बाँचौला
हे आमा……………………………बनाउँला
एक कोटी ………………………….जाउँला
हे आमा……………………………बनाउँला

गीत/संगीत/गायनः– महेश पाल्पाली (वास्तविक नाम–दौलत विक्रम शाह)

Leave a Reply

Your email address will not be published. Required fields are marked *