एकछिन गरौँ न आफ्नै मनका कुरा
हामीले बिर्सिएको नेपाली पनका कुरा ।
कति सहने सांस्कृतिक अतिक्रमणको पीडा
छाडिदिऊँ न अब त हाम्रो पतनका कुरा ।
खेलौँना बाँड्दै धर्म परिवर्तन गराइँदैछ यहाँ
चाउचाउ छाडी गरौँ मकै-भट्मास जतनका कुरा ।
सत्य भन्छु म, मैले आफूलाई चिन्नै सकिनँ
तर संसारले लुटिसक्यो नेपालको धनका कुरा ।
प्रमाणित भयो कमजोर छैनन् नेपाली प्रतिभाहरु
डाँफे र हेलिकप्टर उडाउने नेपाली युवाजनका कुरा ।
-राजापानी-९, खोटाङ
