आफन्तकै भर हुँदैन पराईको के कुरा भयो
गन्तव्यमा नपुगेरै हाम्रो यात्रा पूरा भयो ।
कसको विश्वास गर्नु यहाँ कसको आस गर्नु
तिम्रै हुँ म भन्नेले’नि पार्यो ज्यूँदै मर्नु
दिल दुख्दाको इलाज माया मुटु काट्ने छुरा भयो
गन्तव्यमा नपुगेरै हाम्रो यात्रा पूरा भयो ।
चाह थियो उनीसँग घरबार बसाउने
पिरतीको एउटा सुन्दर दरबार सजाउने
जिन्दगीको सपना सबै आज झुराझुरा भयो
गन्तव्यमा नपुगेरै हाम्रो यात्रा पूरा भयो ।
-मंगलसेन-८, अछाम