सुनको थाल पसारेर, नूनको भीक माग्छ्यौ
चुँडालेर नाता मनको किन टाढा भाग्छ्यौ ?
बस्न सक्छ्यौ हृदयलाई बनाएर घर
सीमा काटी गएपछि आफ्नो नै को छर
सुनको थाल पसारेर नूनको भीख माग्छ्यौ
विरानो भै पाखाबाट किन टाढा भाग्छ्यौ ?
पखेरोका ढुङ्गाभरि कोरिएको माया
आँखा छोपी विछोडमा रुन्छ घामछायाँ
सुनको थाल पसारेर नूनको भीक माग्छ्यौ
मायालु यी आँखाबाट किन टाढा भाग्छ्यौ ?
मुसुमुसु हाँस्ने हिमाल धुरुधुरु रुन्छ
तिम्ले छाडेपछि पाखो टुहुरो नै हुन्छ
सुनको थाल पसारेर नूनको भीख माग्छ्यौ
विचल्ली यो देशलाई पारी किन टाढा भाग्छ्यौ ?
-बाजुङ-९, पर्वत

dherai manlai byakul
dherai manlai byakul nabanaunu hola sabai nai yo sansarma hamrai nai ta ho ni haina ra?
Bhakta bahadur godar