महिनौ अघिदेखि राखिएको छ नछोइकन
रजस्वला भएकी स्त्री जस्तो
दलितले छोएको पानी जस्तो
एकसेट दौरा सुरूवाल
एउटा अन्धकार दराजभित्र ।
लाचार छ
भारतमा बेचिएकी चेली जस्तो
मृत्युलाई कुरेर बसेको कैदि जस्तो
जहाँ चौकीदार गरिरहेछ एक वफादार इन्डियन ताल्चाले
दिन अनि रात ।
कसैको हत्या पछि
लास लाई नछोई प्रहरी लाई कुरे जस्तो
आपको बोट मा
झट्टी हान्दा सानो फल लाई बेवास्ता गरे जस्तो
अनुभूति भैरहेको छ
दौरा सुरुवाल लाई ।
सरीर लाई ढाक्ने चाहना ; चाहनामा सिमित भो
ढाकिएपछी चौबंदी चोली सित प्रीत गास्ने सपना ; सपना मा सिमित भो ।
अब त्यहा माकुरोको खेलमैदान बनेको छ
अब त्यहा सांगलोको डेटिंग स्पॉट बनेको छ
अब त्यहा लामखुट्टेले गुनगुनाउने रङ्गमञ्च बनेको छ ।
अनि ऊ
आफ्नै घर मा पाहुना बन्नुपरेको छ
आफ्नै देशमा आप्रवासी हुनुपरेको छ ।
त्यस कारण
निराश छ
जुवामा सम्पत्ति हारेको जुवाडे जस्तो
अलपत्र छ
बाढीले बगाएको झुप्रो जस्तो
तड्पिरहेछ
बल्छीमा ऊनिएको माछो जस्तो ।
त्यसैले पूकारिरहेछ
जीवित बन्नकै निम्ति
फेरी अर्को उत्सव
फेरी अर्को चाड
फेरी अर्को पर्व
।।।
