Skip to content


कहिले भूकम्प
कहिले बाढीपीडित

कहिले खडेरी
विश्वभरि नै सुनामीको तहल्का
दुर्घटना नै दुर्घटनाहरूको समाचार
गएका सालहरूले दिएको उपहार ।

यो ०६५ पनि
नरमाइलो गर्न अछूत रहेन
प्रकृतिले पनि ठगिएको
विगत छ-सात महिनादेखिको खडेरी
सुक्दै गएका पानीका मुहान ।

कमिसनले बढाएको
गरबिलाई घोडा बनी चढेको महँगी
एक-दुईबाट बढेर
१६-१८ घन्टा हुन पुगेको लोडसेडिङ्
अन्धकार जीवन
गएको नयाँ वर्षहरूको यही पराक्रम !

अब आउने
.. नयाँ वर्ष
तेरो पनि हालत यस्तै यस्तै त होला
अब के के
आपत्-विपत् ल्याउने होस्
बरु तँ टाढै बस् ।

नयाँ वर्ष
नेपालीहरूको ढुकढुकीमा तँ नआइज
आखिर तँ अधिकारवालाको सेवक मात्र होस्
सधैँ सधैँ उनीहरूलाई नै पोस्ने
अवसर दिने
सबैको मुहारमा हाँसो ल्याउन नसक्ने
तँ लाच्छी नयाँ वर्ष
भो, हामीकहाँ तँ नआइज ।

नेपाल साप्ताहिक ३३९

Leave a Reply

Your email address will not be published. Required fields are marked *